दक्षिण अफ्रिकामा ग्यास बोकेको ट्रक विस्फाेट, पन्ध्र जनाको मृत्यु
शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन्।
जोहानेसबर्ग, पुस ११ : दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विस्फाेट हुँदा १५ जनाको मृत्यु भएको छ।
शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन्।
ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा फसेपछि ट्रकमा आगो लागेर विस्फाेट भएको अधिकारीहरूले बताएका छन्।
घाइतेमध्ये अस्पतालका एक जना चालक र दुई जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताएका छन्।
विस्फाेटबाट अस्पतालको भौतिक संरचनामा क्षति भएको छ। क्षतिको विवरण आगमी साता सार्वजनकि गरिने छ।
प्रकाशित मिति: १२:०८ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार