Kathmandu Press

इरानको राजधानीमा दुईतले भवन भत्किँदा ३ जना घाइते

इरानको राजधानीमा दुईतले भवन भत्किँदा ३ जना घाइते

तेहरान, पुस १० : इरानको राजधानी तेहरानमा आइतबार दुईतले भवन भत्किँदा कम्तीमा तीन जना घाइते भएको आधिकारिक इर्ना समाचार एजेन्सीले जनाएको छ।

कामदारहरू पुरानो भवन भत्काउन व्यस्त रहेका बेला अचानक सो भवन भत्किँदा तीन जना कामदार पुरिएको इर्नाले तेहरान नगरपालिकाको दमकल विभाग र सुरक्षा सेवाका प्रवक्ता जलाल मलेकीलाई उद्धृत गर्दै बताएको छ।

द्रुत र समन्वयात्मक कार्य गर्दै अग्निनियन्त्रकहरूले सबै तीन जना कामदारहरूलाई तुरुन्तै भग्नावशेषबाट सकुशल बाहिर निकालेका थिए।

प्रकाशित मिति: २०:३५ बजे, आइतबार, पुस १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्