चौध इरानी मछुवा आठ वर्षपछि मुक्त
तेहरान, पुस १० : सोमालियाको अल–शबाब लडाकु समूहको नियन्त्रणमा रहेका १४ जना इरानी मछुवालाई आठ वर्षपछि रिहा गरिएको तस्निम समाचार एजेन्सीले आइतबार जनाएको छ ।
गहन कूटनीतिक प्रयासहरू पछि इरानी विदेश मन्त्रालयले सोमालियामा अल-शबाब समूहले बन्धक बनाइएका मछुवाहरूलाई रिहा गरेको तस्निम समाचार एजेन्सीले उल्लेख गरेको छ ।
रिहा गरिएका माछा मार्नेहरू शनिबार राति सोमालियाको राजधानी मोगादिसुबाट तेहरान पुगेका थिए।
अल-शबाबले सन् २०१५ मा सोमालिया नजिकै अन्तरराष्ट्रिय जलक्षेत्रमा रहेका इरानी मछुवाहरूलाई अपहरण गरेको थियो।
प्रकाशित मिति: १९:४४ बजे, आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१