Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्री पुत्र सुलेमानलाई जमानत दिँदै र अनुसन्धान जारी राख्न आदेश 

पाकिस्तानी प्रधानमन्त्री पुत्र सुलेमानलाई जमानत दिँदै र अनुसन्धान जारी राख्न आदेश 

लाहोर, पुस १० : पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जनवरी ७ सम्मका लागि अन्तरिम जमानत उहाँलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिएको छ ।  

उनलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिइएको हो । अदालतले उनलाई अनुसन्धानमा संलग्न हुन पनि आदेश दिएको छ । शहबाजले एफआईए र अनुसन्धान अधिकारीहरूलाई पक्षकारको रूपमा उल्लेख गर्दै अदालतमा जमानत याचिका दायर गरेका थिए। 

Hardik ivf

सुलेमानले निवेदनमा भनेका थिए, ‘अदालतले उहाँलाई फरार घोषित गर्नु अघि कानुनी प्रक्रियाहरू पूरा गर्नु आवश्यक छ ।”

सुलेमानले आफुलाई एफआईएले आधारहीन रूपमा सम्पत्ती शुद्धिकरण मामलामा नाम लिएको, आफुलाई अदालती सुनवाईको कुनै पनि सूचना प्राप्त नगराइएको र जानकारी बिना फरार घोषित गरिएको दावी गर्दै निवेदन दिएका थिए। 

सुनुवाइका क्रममा न्यायाधीशले सुलेमानको कम्प्युटरमा रेकर्ड रहेको राष्ट्रिय परिचय पत्र (सीएनआईसी) को माग गरेका छन्। यसको जवाफमा उनले आफूसँग अहिले उक्त प्रकृतिको राष्ट्रिय परिचय पत्र नभएको बताएका थिए। 

यद्यपि, उनले अदालतले मागेका कागजातलाई अर्को सुनुवाइमा ल्याउने सुनिश्चित गरेको द न्यूज इन्टरनेसनलले रिपोर्ट गरेको छ । अदालतले पछि उनलाई जनवरी ७ सम्मका लागि अन्तरिम जमानत दिएको हो। 

प्रधानमन्त्रीका छोराले गत महिना आफ्नो आत्मनिर्वासन अन्त्य गर्दै आफूविरुद्धको मुद्दाको सामना गर्ने घोषणा गरेका थिए। सन् २०१९ को अक्टोबरमा जवाफदेही अदालतले सुलेमानलाई भगोडा अपराधी घोषणा गरेको थियो । राष्ट्रिय जवाफदेही ब्युरो (एनएबी) का अभियोजकले अदालतलाई सम्पत्ति शुद्धीकरण र आयको ज्ञात स्रोतभन्दा बढी सम्पत्ति राख्ने सम्बन्धमा अनुसन्धानका क्रममा पटक–पटक बोलाइए पनि उहाँ भ्रष्टाचारविरोधी निकायमा उपस्थित हुन नसकेको बताएपछि यो आदेश आएको हो। 

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्