Kathmandu Press

नारायण वाग्लेको ‘कोरियाना’ भोलिदेखि बजारमा

काठमाडौं, फागुन १ : लेखक नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफीगफ’ बिहीबारदेखि बजारमा आउने भएको छ ।

प्रकाशक नेपालयका अनुसार....

नारायण वाग्लेको ‘कोरियाना’ भोलिदेखि बजारमा

काठमाडौं, फागुन १ : लेखक नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफीगफ’ बिहीबारदेखि बजारमा आउने भएको छ ।

प्रकाशक नेपालयका अनुसार, बिहीबार सार्वजनिक भएको घोषणा गरेर बजारमा पठाइने छ । यसका लागि औपचारिक कार्यक्रम भने नरिने नेपालयका अर्पण शर्माले प्रेस विज्ञप्तीमार्फत जनाएका छन् ।

Hardik ivf

यो वाग्लेको गैर आख्यान हो । यस अघि उनका दुइटा आख्यान पुस्तक ‘पल्पसा क्याफे’ र ‘मयुँर टाइम्स’ प्रकाशित भएका छन् ।

यो पुस्तक वाग्लेको चर्चित अखबारी स्तम्भ ‘कफीगफ’ कै शैलीमा रहेको जनाएको छ । यसको मूल्य चारसय ९५ रुपैयाँ रहेको छ ।

यसलाई अमेजनसँगै अनलाईनमार्फत पनि खरिद गर्न सकिने प्रकाशकले जनाएको छ । नेपालमा www.thuprai.com, www.kitabyatra.com र www.sastobook.com बाट खरिद गर्न सकिने जनाएको छ ।

 

प्रकाशित मिति: १२:३० बजे, बुधबार, फागुन १, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्