Kathmandu Press

उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार

स्थानीय समयअनुसार अपराह्न ४ः३२ बजे प्योङयाङको सुनान क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफ ९जेसीएस०ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार

सियोल, पुस ९ : नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नु अघि उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।

स्थानीय समयअनुसार अपराह्न ४ः३२ बजे प्योङयाङको सुनान क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफ ९जेसीएस०ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ। यसले दुईवटा मिसाइललाई पानीमा प्रक्षेपण गरेको पनि उल्लेख गरेको छ। 

सन् २०२२ मा मात्रै उत्तर कोरियाले ३६औँ पटक क्षेप्यास्त्र प्रहार गरेको छ। जापान कोस्ट गार्डले आप्नो रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै ब्यालिस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको विश्वास गरेको बताएको छ।

नेता किम जोङ उनको नेतृत्वमा हाल उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको दबाबका बाबजुद आक्रामकरूपमा मिसाइल परीक्षण बढाएको छ।

सीएनएमले उल्लेख गरेअनुसार यस वर्षको शुरुमा स्याटेलाइट इमेजरीले यसको भूमिगत आणविक परीक्षण साइटमा विभिन्न गतिविधि देखाएको थियो।

दक्षिण कोरियाली लडाकु विमानसँग संयुक्त प्रशिक्षणको लागि कोरियाली प्रायद्वीप नजिकै अमेरिकाले आणविक बमवर्षक र उन्नत स्टिल्थ जेट उडान गरेको तीन दिनपछ गरिएको प्रक्षेपणमा उत्तर कोरियाद्वारा कुनै प्रतिक्रिया आएको थिएन। उत्तर कोरियाले यस्तो सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासरूपमा बुझ्ने गरेको छ।

प्रकाशित मिति: १७:४५ बजे, शनिबार, पुस ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्