Kathmandu Press

मेकोङ नदीका १० दुर्लभ डल्फिन मरे

एक सय ९३ सेन्टिमिटर लामो, सातदेखि १०वर्षको करिब ८५ किलोग्राम तौल भएको मरेको पोथी डल्फिन भेटिएको जनाउँदै कोषले ‘मोनोफिलामेन्ट गिलनेट’मा फसेपछि डल्फिनको मृत्यु भएको बताएको छ।
मेकोङ नदीका १० दुर्लभ डल्फिन मरे

नोमपन, पुस ९ : कम्बोडियाको एक संरक्षणवादी समूहले यो वर्ष मेकोङ नदीका दश दुर्लभ डल्फिनको मृत्यु भएको बताएको छ। यहाँस्थित विश्व वन्यजन्तु कोषले बिहीबार क्राती प्रान्तको मेकोङ नदीमा मरेको इरावदी डल्फिन भेटिएको जनाएको छ। 

एक सय ९३ सेन्टिमिटर लामो, सातदेखि १०वर्षको करिब ८५ किलोग्राम तौल भएको मरेको पोथी डल्फिन भेटिएको जनाउँदै कोषले ‘मोनोफिलामेन्ट गिलनेट’मा फसेपछि डल्फिनको मृत्यु भएको बताएको छ। मत्स्य पालन प्रशासन र कोषले गरेको अनुसन्धानबाट मृत्युको कारण खुलेको हो। 

कोषले वयस्क पोथी डल्फिनको मृत्युले मेकोङ नदीमा डल्फिनको प्रजनन क्षमतामा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै कोषले यो वर्ष उक्त नदीमा १० वटा दुर्लभ डल्फिन मरेका तथा बितेका तीन वर्षमा २८ वटा डल्फिन मरेकामा चिन्ता व्यक्त गरेको छ।

मेकोङ डल्फिनलाई लोप हुनबाट जोगाउन कानुनको कडाइका साथ कार्यान्वयन गर्न अपरिहार्य भएकामा कोषले जोड दिएको छ। 

प्रकाशित मिति: १५:१६ बजे, शनिबार, पुस ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्