Kathmandu Press

नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु

तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।  हिटिङ् चुलो  चलाउँन क्रममा  समस्या आउँदा उक्त आगलागि भएको हो। 
नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु

भ्लादिभोस्टक, पुस ९ : रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो सहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै ६ जना घाइते भएको छन्।  

तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।  हिटिङ् चुलो  चलाउँन क्रममा  समस्या आउँदा उक्त आगलागि भएको हो। 

शुक्रबार राति एक निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो। 

प्रकाशित मिति: १५:१३ बजे, शनिबार, पुस ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्