Kathmandu Press

सिटिभेनी रबुका फिजीको प्रधानमन्त्रीमा निर्वाचित

रबुका सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्।
सिटिभेनी रबुका फिजीको प्रधानमन्त्रीमा निर्वाचित

सुभा, पुस ९ : सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। संसद्ले शनिबार  उनी निर्वाचित भएको घोषणा गरेको छ। 

रबुका सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसद्को २८ मतले निर्वाचित भए  भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गरेका छन्। संसद्का नवनिर्वाचित सभामुख नाइकामा लालबालावुले सो निर्वाचनको परिणाम घोषणा गरेका हुन्।

फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टी शुक्रबार राबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर गठबन्धन बनेको हो।  गठबन्धनपछि राबुकाले विजय हासिल गरेका हुन्।

यो सँगै  फ्रान्क बैनीमारामाको नेतृत्वमा रहेको १६  वर्षे शासनको अन्त्य भएको छ।   उनले सन् २००६ मा  सैन्य कूद्वारा सत्ता कब्जा गरेका थिए। १६ वर्षमा पहिलो पटक फिजीवासी नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्ने तयारीमा छन्।

प्रकाशित मिति: १२:३३ बजे, शनिबार, पुस ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्