Kathmandu Press

थाइल्यान्डका प्रधानमन्त्रीद्वारा आगामी वर्ष हुने आम निर्वाचनका लागि उम्मेदवारी घोषणा

प्रयुत सन् २०१४ मा भएको ‘कू’ मा सेना प्रमुखका रूपमा सत्तामा आएका थिए भने सन् २०१९ को चुनावबाट आफूलाई प्रधानमन्त्रीरूपमा अनुमोदन गराएका थिए। 
थाइल्यान्डका प्रधानमन्त्रीद्वारा आगामी वर्ष हुने आम निर्वाचनका लागि उम्मेदवारी घोषणा

बैंकक, थाइल्यान्ड, पुस ८ : थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आगामी वर्षको मे महिनाअगावै थाइल्यान्डमा हुने आम निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेको शुक्रबार स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।

प्रयुत सन् २०१४ मा भएको ‘कू’ मा सेना प्रमुखका रूपमा सत्तामा आएका थिए भने सन् २०१९ को चुनावबाट आफूलाई प्रधानमन्त्रीरूपमा अनुमोदन गराएका थिए। 

Hardik ivf

बैंककस्थित प्रधानमन्त्रीको सरकारी निवासबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'नवगठित युनाइटेड थाई नेशन पार्टीले मलाई अर्को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न सहयोग गर्ने प्रस्ताव गरेको छ। आज मैले यो भूमिकामा सामेल हुने निर्णय गरेको स्पष्ट पार्छु।' प्रयुतले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको पलाङ प्रचारथ पार्टी (पीपीआरपी) छोड्ने अपेक्षा गरिएको छ।

पिपिआरपीले आफ्ना नेता तथा कार्यवाहक उपप्रधानमन्त्री प्रवित वोङसुवानलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने घोषणा गरेको छ। प्रयुत र प्रवित दुवैले थाइल्यान्डको सेनामा सेवा गर्नुभएको थियो। उनीहरूको राजनीतिक भाग्य दशकौंदेखि गाँसिएको छ। प्रयुतले भने, 'दुई नेताबीचको सम्बन्ध अझै बलियो छ, यद्यपि उनीहरूको राजनीतिक बाटो अलग रहेको छ।

गत सेप्टेम्बरमा संवैधानिक अदालतले प्रयुतको आठ वर्षे कार्यकाल सन् २०२५ मा समाप्त हुने फैसला सुनाएको थियो। निर्वाचनको मिति तय गरिएको छैन, तर यदि यसलाई चाँडै विघटन गरिएन भने मार्चमा संसदको कार्यकाल समाप्त हुनेछ। संसदको कार्यकाल सकिएसँगै आगामी मेमा मतदान गर्नेगरी निर्वाचनको तयारी हुनेछ। 

विपक्षी दल फेउ थाईले निर्वाचनमा उच्च सफलता पाउने सर्भेक्षण नतिजाहरूले देखाएका छन् तर सैन्य शासनअन्तर्गत निर्माण गरिएको वर्तमान थाई संविधानले प्रणालीलाई सेनासँग सम्बन्धित दलहरूको पक्षमा खडा गरेको छ।

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्