Kathmandu Press

म्यान्मारमा ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा ११० रोहिंग्या पक्राउ

म्यान्मारको ग्लोबल न्यू लाइटका अनुसार दक्षिणपूर्वी शहर बोगालेमा एक दर्जन बालबालिकासहित ११२ जनालाई पक्राउ गरिएको छ भने ३५ जनालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।
म्यान्मारमा ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा ११० रोहिंग्या पक्राउ

याङ्गुन, म्यानमार, पुस ८ : म्यान्मारका अधिकारीहरूले बालबालिकासहित ११० भन्दा बढी रोहिंग्यालाई ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।

म्यान्मारको ग्लोबल न्यू लाइटका अनुसार दक्षिणपूर्वी शहर बोगालेमा एक दर्जन बालबालिकासहित ११२ जनालाई पक्राउ गरिएको छ भने ३५ जनालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।

उक्त समूहलाई ‘बङ्गाली’ भनिएको र प्रतिवेदनमा पक्राउ भएको मिति उल्लेख गरिएको छैन तर स्थानीय सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै डिसेम्बर २० को बिहान उक्त घटना भएको बताएका छन्।

Hardik ivf

बङ्गलादेशबाट आएका आप्रवासीका रूपमा व्यापक रूपमा हेरिने मुस्लिम अल्पसङ्ख्यक समूहका सदस्यहरूलाई स्वास्थ्य सेवा र शिक्षाको पहुँचसहित नागरिकताबाट बञ्चित गरिएको छ, साथै, उनीहरूलाई अक्सर यात्रा गर्न अनुमति चाहिन्छ।

ग्लोबल न्यू लाइटका अनुसार स्थानीय अदालतले समूहका ३५ जनालाई बिना कागजात यात्रा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ भने १८ वर्षमुनिका १३ जनालाई २० वर्ष नपुगुञ्जेल ‘ट्रेनिङ इन्स्टिच्युट’ मा राखिने छ।

हरेक वर्ष हजारौं रोहिंग्याले आफ्नो ज्यान जोखिममा राखेर मलेसिया वा इन्डोनेसिया पुग्न जोखिमपूर्ण यात्रा गर्छन्।

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीका कारण हत्या, बलात्कार र आगजनीका पीडादायी कथालिएर लाखौं रोहिंग्याहरू छिमेकी देश बङ्गलादेशमा भागेका थिए।
म्यान्मारले संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतमा नरसंहारको आरोप खेपिरहेको छ।

गत डिसेम्बर ५ मा व्यापारिक केन्द्र याङ्गुन नजिकैको हलेगु शहर नजिकै सडक किनारमा १३ रोहिंग्या मृत अवस्थामा फेला परेका थिए। यस घटनालाई लिएर म्यान्मार प्रहरीले मानव बेचबिखन गर्ने गिरोहका १२ जना संदिग्ध सदस्यलाई पक्राउ गरेको जनाएको छ। 

रोहिंग्या स्रोत र स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकहरू मानव तस्कर गिरोहले प्रयोग गर्ने एक तेल ट्याङ्करभित्र यात्रा गरिरहेको समय मृत्यु भएको अनुमान गरिएको थियो।

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्