अदालतबाट भागेका युवक समात्न गोली हानियो
धनगढी, फागुन १ : हतकडी लगाएकै अवस्थामा अदालतबाट भागेका एक युवकलाई समात्न प्रहरीले गोली हानेको छ ।
बलात्कारको आरोपमा पक्राउ परेका कैलालीको लम....

धनगढी, फागुन १ : हतकडी लगाएकै अवस्थामा अदालतबाट भागेका एक युवकलाई समात्न प्रहरीले गोली हानेको छ ।
बलात्कारको आरोपमा पक्राउ परेका कैलालीको लम्कीचुहाका २३ वर्षीय दिलिप दमाई कैलाली जिल्ला अदालत परिसरबाटै भागेका थिए । उनलाई म्याद थपका लागि अदालतमा ल्याइएको थियो ।
हतकडीसहित भागेका दिलिपलाई होली हानेर धनगढी उपमहानगरपालिका–७ स्थित बेली जंगलबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर ओलीका अनुसार, उनको खुट्टामा गोली लागेको छ ।
होली हानेर पक्राउ गरिएका उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएको छ । उनी बलात्कारको आरोपमा यस अघि सोमबार पक्राउ परेका थिए ।
प्रकाशित मिति: १२:१२ बजे, बुधबार, फागुन १, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)