Kathmandu Press

ताेलाकाे १२ सय रूपैयाँ घट्यो सुनको मूल्य

शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार दुई सयले घटेको छ।
ताेलाकाे १२ सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, पुस ८ : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार दुई सयले घटेको छ।

बिहीबार प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय रुपैयाँ छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ छ। बिहीबार यसको मूल्य एक लाख एक हजार रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९४ दशमलव आठ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्