टर्कीद्वारा महिलामाथि विश्वविद्यालयमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिबानसँग आग्रह
गत वर्ष दुई दशकलामो युद्धपछि सत्तामा फर्किएपछि नरम शासनको वाचा गरेको तालिबानले लगाएको प्रतिबन्धको विश्वव्यापी निन्दा भएको थियो।इस्तानबुल, पुस ७ : टर्कीले बिहीबार अफगानिस्तानका सत्ताधारी तालिबान नेतालाई विश्वविद्यालय शिक्षामा महिलालाई प्रतिबन्ध लगाउने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ।
गत वर्ष दुई दशकलामो युद्धपछि सत्तामा फर्किएपछि नरम शासनको वाचा गरेको तालिबानले लगाएको प्रतिबन्धको विश्वव्यापी निन्दा भएको थियो। टर्कीका विदेशमन्त्री मेभलुत कावुसोग्लुले टेलिभिजनमा प्रसारण भएको पत्रकार सम्मेलनमा भने, 'यो प्रतिबन्ध न त इस्लामिक हो न त मानवीय नै।'
'हामी यसलाई सही मान्दैनौं। तालिबानले यो निर्णय उल्टाउनु ईश्वरप्रतिको सम्मान हुनेछ,' उनले भने। उनले तालिबान शासकप्रति आक्रोश व्यक्त गर्दै भने, 'महिलाको शिक्षाले मानवतालाई के हानि पुर्याउँछ?' देशभरका हजारौं छात्रा र युवतीहरूले आफ्नो शिक्षालाई निरन्तरता दिन चाहेको विश्वविद्यालयको प्रवेश परीक्षामा सामेल भएको तीन महिना नबित्दै तालिबानले उच्च शिक्षामा प्रतिबन्ध लगाएको हो।
विश्वविद्यालयहरू हाल जाडो बिदामा छन् र मार्चमा खुल्ने छन्। देशभरका अधिकांश किशोरीहरूलाई माध्यमिक विद्यालय शिक्षामा प्रतिबन्ध लगाइएको छ र विश्वविद्यालयको भर्नामा कडा प्रतिबन्ध लगाइएको छ। संयुक्त राज्य अमेरिकाले यस निर्णयको कडा शब्दमा निन्दा गरेको छ भने बेलायतले यसलाई ‘प्रगतिलाई पछाडि धकेल्नगरी भएकोे गम्भीर त्रुटी’ बताएको छ।