Kathmandu Press

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने एक दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव शून्य ६ मा पुगेको छ।
नेप्से परिसूचकमा झिनो अंकको गिरावट

काठमाडौं, पुस ७ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्ना दशमलव एक अङ्कले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ मा सीमित भएको हो।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने एक दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव शून्य ६ मा पुगेको छ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य वृद्धि हुँदा १० उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। कारोबार भएका मध्ये ७६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने एक सय २४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। यस्तै ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन। कुल ३१ लाख ११ हजार आठ सय ३३ कित्ता सेयर रु एक अर्ब ११ करोड ९७ लाख ९७ हजार नौ सय २१ मूल्यमा खरिद बिक्री भए।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ। सो कम्पनीको रु १४ करोड ९९ लाख ५० हजार तीन सय ४६ बराबरको सेयर कारोबार भयो। एनआइसी एसिया बैंक रु पाँच करोड ६९ लाख ६५ हजार तीन सय २४, नबिल बैंक रु पाँच करोड ३१ लाख ६६ हजार छ सय ९८, हिमालयन डिस्टिलरी रु चार करोड ८१ लाख १३ हजार नौ सय ४६ र शिवम् सिमेन्ट रु तीन करोड ९९ लाख ९५ हजार चार सय ८५ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार सिर्जनशील लघुवित्त र धवलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। आदर्श लघुवित्त आठ दशमलव १९, कालिका पावर कम्पनी आठ दशमलव १५ र नेरुडे लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ३८ प्रतिशतले कमाएका छन्।

त्यस्तै आँधीखोला लघुवित्त सात दशमलव ७०, बलेफी हाइड्रोपावर पाँच दशमलव ४९, सोल्टी होटल चार दशमलव ७६, इस्टर्न हाइड्रोपावर तीन दशमलव ९९ र ग्रीन डेभलपमेन्टका लगानीकर्ताले तीन दशमलव २० प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्