Kathmandu Press

हाइटीलाई तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल

संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव अमिना मोहम्मदले बुधबार सो अपिल गरेका हुन्। उनले हाइटीको अवस्था दिनप्रतिदिन निकै कमजोर हुँदै गएकाले उसलाई तत्कालै मानवीय सहायताको खाँचो रहेको बताएका हुन्।
हाइटीलाई तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल

संयुक्त राष्ट्रसंघ, पुस ७ : संयुक्त राष्ट्रसंघीय एक अधिकारीले हाइटीलाई तत्कालै सहयोग उपलब्ध गराउन अपिल गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव अमिना मोहम्मदले बुधबार सो अपिल गरेका हुन्। उनले हाइटीको अवस्था दिनप्रतिदिन निकै कमजोर हुँदै गएकाले उसलाई तत्कालै मानवीय सहायताको खाँचो रहेको बताएका हुन्।

Hardik ivf

उनले भनेका छन्, 'हामीलाइ लागेको छ कि अहिले हाइटीको अवस्था निकै खराब छ, यस्तो अवस्थामा विश्व समुदायले उसलाई सहयोग नगर्ने हो भने अवस्था झन बिग्रिँदै जाने अवस्था छ। त्यसैले हाइटीका लागि तत्कालै मानवीय सहायताको खाँचो रहेको छ ।

त्यहाँको आर्थिक अवस्था नाजुब बन्दै गएको, खाद्य असुरक्षा बढेको र अत्यावश्यकीय वस्तुको आपूर्ति पनि हुन नसकेको अवस्था त छँदैछ, त्यसैमा पनि पछिल्लो समयमा यहाँ सुरक्षाको अवस्था पनि कमजोर भएको बताइएको छ ।

यहाँ विभिन्न आपराधिक समूहहरु जन्मिएका र उनीहरुले लुटपाट पनि मच्चाउने गरेका भन्दै पछिल्लो समयमा हाइटीमा हिंसा बढ्दो रुपमा रहेको देखिएको पनि उनले बताए।

खाद्य असुरक्षा बढेको, स्वस्थ पानीको अभावमा हैजा तथा झाडापखालाका विरामी बढेको, बालबालिकामा पनि पोषणको अभावमा समस्या बढेको तथा मानिसहरुको आन्तरिक विस्थापित हुनेहरुको संख्या प्रतिदिन बढ्दै गएका कारण यहाँ समस्या उत्पन्न भएकाले आवश्यक मात्रामा अन्तर्राष्टिय सहयोगको खाँचो रहेको उनले बताएका छन्।

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्