Kathmandu Press

गगनले दिए देउवालाई बधाई 

प्रधानमन्त्री एवं पार्टी सभापति समेत रहेका देउवालाई थापाले सामाजिक सञ्जालमार्फत बधाई एवं शुभकामना दिएका हुन् । 
गगनले दिए देउवालाई बधाई 

काठमाडौं, पुस ६ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् । 

प्रधानमन्त्री एवं पार्टी सभापति समेत रहेका देउवालाई थापाले सामाजिक सञ्जालमार्फत बधाई एवं शुभकामना दिएका हुन् । 

बुधबार सम्पन्न दलको नेता निर्वाचनमा थापा देउवासँग पराजीत भएका थिए । थापाले २५ मत पाउँदा देउवाले ६४ मत प्राप्त गरेका थिए । 

प्रकाशित मिति: २०:०६ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्