Kathmandu Press

शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश 

शोभराजले दिएको एक बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएको आधारमा काराबास मुक्त गर्न भनेको हो । शोभराजले अब कानूनले दिएको सुविधा पाउने छन् ।
शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश 

काठमाडौ, पुस ६ : सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेशमा भनेको छ ।

शोभराजले दिएको एक बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएको आधारमा काराबास मुक्त गर्न भनेको हो । शोभराजले अब कानूनले दिएको सुविधा पाउने छन् ।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेको थियो।

अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा हत्या गरेलगत्तै क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेको अभियोग थियो । 

काठमाडौ जिल्ला अदालतले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेपछि उनले कैद भुक्तान गरिरहेका थिए । उनले सन् २००३ देखि जेल सजाए  भुक्तान गरिरहेका छ्न् ।

प्रकाशित मिति: १८:२५ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्