Kathmandu Press

युक्रेनी राष्ट्रपति अमेरिकी सहयोग जुटाउन वासिङ्टन आउँदै

युक्रेनी राष्ट्रपति अमेरिकी सहयोग जुटाउन वासिङ्टन आउँदै

वासिङ्टन, पुस ६ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी सहयोग जुटाउन बुधवार अमेरिकाको भ्रमणमा आउँदै छन्। यहाँ रहँदा उनले राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्नेछन्।

गत फेब्रुवरीमा आफ्नो देशमा छिमेकी मुलुक रुसले आक्रमण गरेपछि पहिलोपटक युक्रेनी राष्ट्रपति विदेश भ्रमणमा निस्कदै छन् । उनले अमेरिकी संसद्ललाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।  युक्रेनको प्रतिरक्षा क्षमता सुदृढ तुल्याउन तथा आफ्नो देश र अमेरिकाबीचको सहयोगबारे छलफल गर्न आफू अमेरिका भ्रमणमा जान लागेको उनले बताएका छन्।

Hardik ivf

अत्यन्त संवेदनशील युक्रेनी राष्ट्रपतिको यो भ्रमण रुस–युक्रेनबीच जारी  युद्धका बेला भइरहेको छ । युद्धले दुवै देशमा अकल्पनीय विनाश भएको छ भने दुवै पक्षकाा हजारौँ मारिएका तथा घाइते भएका छन् । यो वर्षको खर्चसम्बन्धी प्रस्तावमा अमेरिकी सांसदहरूले मतदान गर्ने समयमा हुन लागेको युक्रेनी राष्ट्रपतिको यो भ्रमणका बेला किएभलाई करिब ४५ अर्ब डलर आपतकालीन सहायता समावेश गरिएको छ । रक्षा मन्त्रालयलेपनि क्षेप्यास्त्र उपलव्ध गराउने तयारी गरिरहेको छ ।

यसैबीच, राष्ट्रपतिको कार्यालयका सञ्चार सचिव करिन जीन–पियरेले युक्रेनी राष्ट्रपतिको स्वागतका लागि राष्ट्रपति  बाइडेन तत्पर रहेको र संसद्मा हुने उहाँको सम्बोधनले युक्रेनको लागि अमेरिकाको सुदृढ द्विपक्षीय समर्थनलाई प्रदर्शन गर्ने बताएकी छन् । “यो भ्रमणले युक्रेनलाई आर्थिक, मानवीय र सैन्य सहायताको प्रावधानसहित लामो समयसम्म सहयोग गर्ने संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धतालाई जोड दिनेछ,” मङ्गलबार राति उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।  

प्रकाशित मिति: १८:०१ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्