Kathmandu Press

सांसदहरुको शपथअघि जबराको अध्यक्षतामा सर्वदलीय बैठक 

सांसदहरुको शपथअघि जबराको अध्यक्षतामा सर्वदलीय बैठक 

काठमाडौं, पुस ६ : संघीय संसद सचिवालयले  प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको सपथ अघि सर्वदलीय बैठक बोलाएको छ । बिहीबार मध्यान्ह १३ बजे बस्नेगरी सचिवालयले सर्वदलीय बैठक बोलाएको हो ।

भोलि १ बजे नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण कार्यक्रम तय भएको छ । राप्रपाका सांसद पशुपतिशमशेर जबराले अन्य सांसदहरुलाई सपथ खुवाउने छन् । जबराले भने आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरिसकेका छन् ।

भोलिको सपथ ग्रहणअघि जबराकै अध्यक्षतामा सर्बदलीय बैठक बस्नेछ । बैठक शपथ कार्यक्रम सञ्चालनबारे केन्द्रीत हुने सुंसद सचिवालयले जानकारी दिएको छ । 

बेठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १२ वटै राजनीतिक दलबाट एकएक जना र स्वतन्त्र पाँच जनालाई बोलाइएको छ ।  बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ र सांसदले पाउने सेवा सुविधालगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारी सांसदहरुलाई जानकारी दिनेछन् ।

प्रकाशित मिति: १७:५५ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्