सीईओ पदबाट राजीनामा दिने एलन मस्ककाे घाेषणा
काठमाडाैं, पुस ६ : एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो रानीनामा दिने बताएका हुन् ।
उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए । त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका हुन् ।
उनले लेखका छन्, ‘म सीईओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । म केबल सफ्टवेयर र सर्भर चलाउने छु ।’ विश्वका अर्बपति एलन मस्कले टेस्ला र स्पेस एक्स पनि चलाउँछन् ।
प्रकाशित मिति: ०८:४६ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१