Kathmandu Press

गठबन्धन दलका नेताहरूमा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं : नेपाल

अध्यक्ष नेपालले भर्खरै सम्पन्न आम निर्वाचनमा गठबन्धनका अरु दललाई नोक्सान भए पनि कांग्रेसले फाइदा पुगेको बताएका छन्।
गठबन्धन दलका नेताहरूमा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं : नेपाल

काठमाडौं, पुस ४ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले सरकार गठनको विषयमा गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताएका छन्।

नेकपा एसबाट निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आज (सोमबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन्।

‘गठबन्धनको सरकार बन्ने आशा छ। गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाए, उनीहरुलाई चाहिएको छैन भने जस्तो गरे हामी पनि जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं,’ उनले भने, ‘बजारमा अनेक हल्ला छन्, त्यसमा सजग हुनुपर्छ।’

अध्यक्ष नेपालले भर्खरै सम्पन्न आम निर्वाचनमा गठबन्धनका अरु दललाई नोक्सान भए पनि कांग्रेसले फाइदा पुगेको बताएका छन्। उनले भने, ‘निर्वाचन परिणामले कुनै पनि दललाई स्पष्ट बहुमत दिएको छैन। अरु जम्मै पार्टीले नोक्सानी ब्यहोरे पनि नेपाली कांग्रेसलाई भने फाइदा भएको छ। त्यो स्वभाविक पनि हो।’

उनले गठबन्धन दलभित्र चुनावी समीक्षा गर्ने र गठबन्धनलाई थप बलियो बनाएर जानेबारे छलफल भएको पनि नेता नेपालले बताए।सरकार बनाउने विषयमा दायाँबायाँ लागे आफूहरु घर न घाटको हुने पनि उनले बताए।

उनले कसैको पनि बहुमत नआएको स्थितिमा गठबन्धनकै सरकार बन्ने दाबी गरे। केही नयाँ शक्ति पनि उदाएका सन्दर्भमा हामी नयाँ ढंगले समीक्षा गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

प्रकाशित मिति: १४:३१ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्