Kathmandu Press

नेकपा एस संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन

समानुपातिकमा 'थ्रेसहोल्ड' कटाउन असफल नेकपा एसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ।
नेकपा एस संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन

काठमाडौं, पुस ४ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्।

पार्टी मुख्यालय आलोकनगरमा बसेको बैठक अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको हाे। समानुपातिकमा 'थ्रेसहोल्ड' कटाउन असफल नेकपा एसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ।

दलको नेता चयन गर्न उपत्यकाबाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौंमा बोलाएको थियाे।

पार्टीका तर्फबाट निर्वाचित सदस्यहरूलाई आजै स्वागत तथा सम्मान पनि गरिने कार्यक्रम तय भएको प्रदेशसभा सदस्यलाई पनि केन्द्रमा बोलाइएको थियाे।

प्रकाशित मिति: १४:०७ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्