जनमत पार्टी संसदीय दलको नेतामा सिके राउत चयन
सत्ता गठबन्धनले बहुमत ल्याउन नसकेको अवस्थामा जनमत निर्णायक बनेर सरकारमा जाने तयारीमा रहेकाे बताइएकाे छ।
काठमाडौं, पुस ४ : राष्ट्रिय जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई चयन गरेकाे छ।
काठमाडाैंकाे बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको बैठकले अध्यक्ष राउतलाई नै सर्वसम्मत पार्टीको संसदीय दलको नेता चयन गरेको हो।
जनमत पार्टीले प्रत्यक्षमा एक सिट र समानुपातिकमा पाँच सिट जितेको छ। प्रत्यक्ष जित्ने अध्यक्षा राउत मात्र हुन्।
सत्ता गठबन्धनले बहुमत ल्याउन नसकेको अवस्थामा जनमत निर्णायक बनेर सरकारमा जाने तयारीमा रहेकाे बताइएकाे छ।
प्रकाशित मिति: १३:२३ बजे, सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











