Kathmandu Press

आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन्।
आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, पुस ४ : संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन्।

उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन्।

Hardik ivf

विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरुको ठुलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरुलाई बिना कुनै भेदभाव सम्मान गर्नुपर्ने र उनीहरुको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताएका हुन्।

विश्व आप्रवासन दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा सो कुरा बताएका हुन्। उनले विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरुको संख्यामा पनि वृद्धि भइरहेको जानकारी दिए।

विश्वमा कोरोना महामारीका कारण देखिएको समस्याले आर्थिक मन्दी ल्याएको र यसबाट काम गरेर खाने वर्गका आप्रवासीहरुमा पनि समस्या उत्पन्न भएको भन्दै अहिले विश्वका आप्रवासीहरुको समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्ने पनि बताए।

विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरु देश छोडेर भाग्नुपर्ने अवस्था आएको र उनीहरु यस अर्को देशमा जाने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरुको सुरक्षाका लागि लाग्न पनि विश्वका देशहरुलाई आग्रह गरेका हुन्।

उनले मानवीय सहायताका क्षेत्रमा काम गर्न र उनीहरुका हक अधिकारका लागि पनि सचेत रहन विश्वमा आप्रवासीहरु रहेका देशका सरकारहरुसँग आग्रह पनि गरेका हो। 

प्रकाशित मिति: १३:०१ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्