Kathmandu Press

दार्चुलाका बस्तीमा परम्परागत पानीघट्ट लोप हुँदै

दार्चुलाका बस्तीमा परम्परागत पानीघट्ट लोप हुँदै
Hardik ivf

दार्चुला, पुस ३ : दार्चुलाका गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै पानीघट्ट लोप हुँदै गएका छन् । आधुनिक प्रविधि भित्रिएपछि पानीघट्ट लोप हुँदै गएका हुन्। 

शैल्यशिखर नगरपालिका–६ का अकबरसिंह धामी विगतमा परम्परागतरुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको बताउँछन्। विद्युत्को पहुँच सबैतिर पुगेसँगै पानीघट्ट लोप हुन थालेको उनको भनाइ छ । महाकाली नगरपालिका–७ का फगिरसिंह धामी केही वर्षअघि घरघरमा जाँतोमा अन्न पिस्ने गरेकामा अहिले आधुनिक चक्की स्थापनासँगै त्यो लोप भएको बताउँछन्। 

रातभरि जाँतोमा अन्न पिँध्नुपर्ने बाध्यतालाई मध्यजनर राख्दै स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिने पानीघट्ट पनि केही वर्षयता लोप हुँदै गएका छन् । पानीको मुहान सुक्दै जानु, विद्युतीय मिल भित्रिनुलगायत कारणले पानीघट्ट लोप हुँदै गएका छन् । छिटोछरितोका लागि विद्युतीय मिलको स्थापना गाउँगाउँमा भएपछि पानीघट्ट बनाउ  छाडेको र पानीघट्टसम्बन्धी कसैले चासो नराखेका धामीले बताए। 
    
‘केही वर्ष अगाडिसम्म दिनभरि मेलापात गरेर रातिको समयमा अन्न पिसानी गर्न पानीघट्ट जाने गर्दथे, अहिले घरघरमा विद्युत्बाट चल्ने आधुनिक मेसिन आएसँगै पानीघट्टको कसैले वास्ता गरेका छैनन्,’ शैल्यशिखर–६ का  दानसिंह धामीले भने। पानीघट्टमा पिठो पिस्न समय लाग्ने र विद्युतीय मिलमा छिटोछरितो हुने भएकाले पनि घट्टको प्रयोग घट्दै गएको उनको भनाइ छ।  

प्रकाशित मिति: १६:२४ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्