Kathmandu Press

राष्ट्रसंघ महासचिवद्वारा माली आक्रमणको निन्दा

महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार मालीमा गस्तीमा रहेको राष्ट्रसंघीय शान्ति सैन्यमाथि भएको आक्रमाण्को निन्दा गरेका हुन्। 
राष्ट्रसंघ महासचिवद्वारा माली आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघ, पुस २ : संयुक्त राष्ट्रसंघका महाचिव एन्टोनियो गुटरेसले मालीमा राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शव्दमा निन्दा गरेका छन्।

महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार मालीमा गस्तीमा रहेको राष्ट्रसंघीय शान्ति सैन्यमाथि भएको आक्रमाण्को निन्दा गरेका हुन्। 

अज्ञात बन्दुकधारीले शान्ति सैनिकको टोलीमाथि भएको आक्रमण गर्दा  एक जना महिलासहित दुई जना नाइजेरियाली शान्ति सैनिक मारिएका छन् भने चार जना घाइते भएका छन्। तिम्बक्टु शहर नजिकै गस्तीमा रहेका बेला उनीहरूमाथि आक्रमण भएको थियो। 

महासचिव गुटरेसले  एक विज्ञप्ति निकालेर मृतकका शोक सन्तप्त परिवारका साथै नाइजेरियाको सरकार र जनताप्रति समवेदना व्यक्त गरेका छन्।

उनले राष्ट्रसंघीय सैनिकलाई निशाना बनाएर आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध हुने स्मरण गराउँदै माली सरकारलाई जघन्य आक्रमणका दोषीलाई पहिचान गरी तत्काल न्यायको दायरामा ल्याउन आग्रह गरेका छन्। 

सन् २०१२ देखि मालीमा सशस्त्र विद्रोह भइरहेको छ। जारी हिंसात्मक विद्रोहमा हजारौं मारिएका छन् भने लाखौं घर छोडेर भागेका छन्। मालीमा शान्ति कायम गर्न सन् २०१३ देखि शान्ति सेना तैनाथ गरिएको छ।

द्वन्द्वग्रस्त देशमध्ये विश्वको सबैभन्दा जोखिमपूर्ण स्थान मालीमा १५ हजार दुई सय शान्ति सेनाका जवान क्रियाशील छन्। हालसम्म त्यहाँ दुई शान्ति सेनाको मृत्यु भएको छ।  

प्रकाशित मिति: १६:४३ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्