Kathmandu Press

मालीमा दुई राष्ट्रसंघीय शान्ति सैनिक मारिए

'अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु शहरमा संयुक्त राष्ट्रसंघको प्रहरी गस्तीमा गोली चलाएको छ', मालीमा संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।
मालीमा दुई राष्ट्रसंघीय शान्ति सैनिक मारिए

बामाको, पुस २ : संयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ।

'अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु शहरमा संयुक्त राष्ट्रसंघको प्रहरी गस्तीमा गोली चलाएको छ', मालीमा संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

प्रहरीले  आक्रमणकारीहरूबाट 'केही सामग्री' बरामद गरिएको पनि बताएको छ। मिसनका प्रमुख एल(घासिम वानेले घटनाको निन्दा गर्दैयस जघन्य कार्यबाट राष्ट्रसंघ स्तब्ध भएको टिप्पणी गरेका छन्।

उनले प्रतिकूल वातावरणको बाबजुद पनि संयुक्त राष्ट्रसंघको शान्ति मिशनले आफ्नो जनादेश पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन्। 

सन् २०१२ देखि, माली सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुपक्षीय सङ्कटमा फसेको छ। स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तरसाम्प्रदायिक हिंसाले पश्चिम अफ्रिकी राष्ट्रमा हजारौंको ज्यान लिएको छ भने  सयौं हजारौं विस्थापित भएका छन्।

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, पुस २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्