लेबनानमा शरणार्थीहरूको खाद्य सुरक्षा स्तर चिन्ताजनक : राष्ट्रसंघ
लेबनानमा सिरियाली शरणार्थीहरूको सन् २०२२ जोखिम मूल्याङ्कनको प्रारम्भिक निष्कर्षमा संयुक्त राष्ट्रसंघ सूचना केन्द्रले जारी गरेको प्रतिवेदन माथि अलवार्दतको टिप्पणीमा सो बारे उल्लेख गरिएको छ।बेरुत, पुस २ : लेबनानमा शरणार्थीहरूको लागि खाद्य सुरक्षाको स्तर अत्यन्त चिन्ताजनक रहेको विश्व खाद्य कार्यक्रमका प्रतिनिधि र लेबनान देशीय निर्देशक अब्दल्लाह अल वार्दतले शुक्रबार बताएका छन्।
लेबनानमा सिरियाली शरणार्थीहरूको सन् २०२२ जोखिम मूल्याङ्कनको प्रारम्भिक निष्कर्षमा संयुक्त राष्ट्रसंघ सूचना केन्द्रले जारी गरेको प्रतिवेदन माथि अलवार्दतको टिप्पणीमा सो बारे उल्लेख गरिएको छ।
'सिरियाली शरणार्थीहरूको खानामा कटौती गरिएको छ, वयस्कहरूले आफ्ना बच्चाहरूलाई दिइने खानाको मात्रा कम गरिरहेका छन् र खाद्यान्न किन्नलाई प्राथमिकता दिन स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च कम गरिरहेका छन्,' प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार अधिकांश शरणार्थीको पारिवारिक ऋण बढ्दो छ , धेरैले खाना किन्न पैसा उधारो लिएका छन् र लगभग ८७ प्रतिशत परिवारहरूले खानालाई उनीहरूको मुख्य प्राथमिकताको रूपमा सूचीबद्ध गरेका छन्।
लेबनानमा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि अयाकी इटोले भने ( संयुक्त राष्ट्रसंघ शरणार्थी राहत निकाय र यसका साझेदारहरूले सबैभन्दा कमजोर अवस्थामा रहेका शरणार्थीहरूलाई मद्दत गर्न र अस्पताल र नगरपालिकालगायत लेबनानका सार्वजनिक संस्थाहरूलाई सहयोग गर्न जारी राखेका छन् तर यो पर्याप्त छैन।
कमजोर अवस्थामा रहेका शरणार्थीहरू र लेबनानी परिवारहरूका लागि थप मद्दत तत्काल आवश्यक छ रहेको बताइएको छ।