Kathmandu Press

क्यानडाको भ्यानकुभरमा करिब दुई हजार पाँच सय किलो अफिम बरामद

बरामाद गरिएको यो परिमाणको अफिम अहिलेसम्मको सबैभन्दा ठूलो  परिमाण हो।  गत अक्टोबर २५ मा मेट्रो भ्यानकुभर मरीन अपरेसनले यस अनुसन्धानको आधारमा १९ समुद्री कन्टेनर भित्र सामानको जाँच गरेको थियो।
क्यानडाको भ्यानकुभरमा करिब दुई हजार पाँच सय किलो अफिम बरामद

भ्यानकुभर, पुस २ : क्यानाडाको ब्रिटिश कोलम्बिया-क्यानाडा सीमा सेवा एजेन्सीले भ्यानकुभरको पश्चिमी तटीय बन्दरगाहमा २४७ शिपिङ प्यालेटहरूबाट  ५० मिलियन अमेरिकी डलर भन्दा बढी मूल्यको लगभग दुई हजार पाँचसय किलोग्राम अफिम बरामद गरेको छ। 

बरामाद गरिएको यो परिमाणको अफिम अहिलेसम्मको सबैभन्दा ठूलो  परिमाण हो।  गत अक्टोबर २५ मा मेट्रो भ्यानकुभर मरीन अपरेसनले यस अनुसन्धानको आधारमा १९ समुद्री कन्टेनर भित्र सामानको जाँच गरेको थियो।

एक्सरे टेक्नोलोजी सहित पत्ता लगाउने उपकरण र प्रविधिको प्रयोग गरेर अधिकारीहरूले ढुवानी प्यालेटहरूमा  जाँज गरी सो पत्ता लगाएको बताइएको छ।

अनुसन्धानको बारेमा कुरा गर्दै क्यानाडाका सार्वजनिक सुरक्षामन्त्री मार्को मेन्डिसिनोले समुदायको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको  बताएका छन्। अवैध लागुऔषध क्यानाडामा आउनबाट रोक्न र आपराधिक गतिविधि नियन्त्रण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

प्रकाशित मिति: १३:२९ बजे, शनिबार, पुस २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्