Kathmandu Press

आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड

आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड

बेइजिङ, पुस १ : चीनले आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा आतङ्वादविरुद्धका विषयमा हुने राजनीतिकरणको चीन विरोध गर्ने बताए । 

चिनियाँ राजदूतले आतङ्कवाद विरोधी मुद्दाको राजनीतिकरण,दोहोरो मापदण्ड र चयनात्मक दृष्टिकोणको विपक्षमा आफ्नो देश रहेको बताउँदै विश्वव्यापी चुनौती बनेको आतङ्कवादलाई परास्त गर्न कुनै एक देश सक्षम नभएकाले त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड दिए। 

Hardik ivf

विश्वको सुरक्षा सबैको साझा चासोको विषय भएकाले महासभा र सुरक्षा परिषद्का सबै आतङ्कवाद विरोधी प्रस्तावलाई कार्यान्वयन गर्न तथा सुरक्षा परिषदद्वारा सूचीकृत सबै आतङ्कवादी संगठन र व्यक्तिलाई कारबाही गर्नु सामूहिक दायित्व भएको उनले बताए। 

हालैका वर्षमा केही देशले आतङ्कवादका मुद्दामा समर्थन गरेकामा खेद प्रकट गर्दै चिनियाँ राजदूतले त्यस्ता गतिविधिले आफूलाई मात्र नभई  समग्र विश्वव्यापी आतङ्कवादविरुद्धका सहयोगलाई कमजोर बनाउने बताए । उनले आतङ्कवादको साझा जोखिम सामना गर्दा सबै पक्षले भूराजनीतिक हिसाबकिताब राख्न नहुने, वैचारिक पूर्वाग्रह त्यागेर, न्यायिक एवम् व्यावहारिक ढङ्गले आतङ्कवाद विरोधी सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। साथै उनले प्रतिआतङ्कवादका काममा राष्ट्रसङ्घको केन्द्रीय समन्वयकारी भूमिकालाई सबैले समर्थन गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, पुस १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्