पूर्वी फ्रान्सको लियोन नजिकै आगलागी हुँदा १० जनाको मृत्यु
पेरिस, पुस १ : पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित साततले अपार्टमेन्ट भवनमा राति आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले शुक्रबार जनाएको छ।
आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन ।
भोल्क्स–एन–भेलिनमा बिहान ३ः०० बजेपछि आगलागी भएको थियो। सो दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर छ ।
भवनको भुइँ तल्लामा फैलिएको र माथितिर फैलिएको आगो निभाउने क्रममा दुई जना अग्निनियन्त्रकलाई सामान्य चोट लागेको पनि बताइएको छ।
प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१