Kathmandu Press

इयु नेताहरूद्वारा रुस विरुद्ध नवौ प्रतिबन्ध प्याकेज अनुमोदन

इयु नेताहरूद्वारा रुस विरुद्ध नवौ प्रतिबन्ध प्याकेज अनुमोदन

ब्रसेल्स, पुस १ : युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ।

युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताएको छ।

उनीहरूले रूस विरुद्ध युरोपेली सङ्घको  प्रतिबन्धात्मक उपायहरू बारे तप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तरराष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ। 

युक्रेनलाई मद्दत गर्नको लागि १८(बिलियन यूरो (१९.१ बिलियन अमेरिकी डलर) को आर्थिक सहायता प्याकेज पनि एजेन्डामा थियो तर नेताहरूले यो विषयलाई अनुमोदन भने गरिएको छैन्।

‘युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउँन तयार छ। युरोपेली परिषदले प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र छलछाम रोक्न र यसको सहजीकरणको महत्त्वलाई जोड दिनेछ,’ नेताहरूले सम्मेलनपछि बताएका छन्। 

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, पुस १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्