क्वालालम्पुरमा पहिरामा परी २ जनाको मृत्यु, ५१ बेपत्ता
स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता रहेको र उद्धारको प्रयास भइरहेको छ । यसैबीच न्यु स्ट्रेट टाइम्सले पहिरो जाने समयमा त्यस शिविरमा ७९ जना मानिस रहेको उल्लेख गरेको छ।क्वालालम्पुर, पुस १ : मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन्।
स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता रहेको र उद्धारको प्रयास भइरहेको छ । यसैबीच न्यु स्ट्रेट टाइम्सले पहिरो जाने समयमा त्यस शिविरमा ७९ जना मानिस रहेको उल्लेख गरेको छ।
अग्नि तथा उद्धार विभागले २३ जना पहिरोबाट जोगिएको र तीन जना घाइते भएको बताएको छ।
अग्निशामक विभाग र स्वैच्छिक फायर एसोसिएसन, निजी फायर डिपार्टमेन्ट, प्रहरी, मलेशियन सिभिल डिफेन्स फोर्स, स्वास्थ्य मन्त्रालय र स्मार्ट टोली जस्ता अन्य निकायहरूको सहयोगमा खोजी र उद्धार प्रयास जारी रहेको बताइएको छ।
प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१