Kathmandu Press

उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोटमा  दुई जनाको मृत्यु, नौ घाइते

सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमा उक्त विस्फोट प्रान्तको उत्तरी वजिरिस्तान जिल्लाको मिरान शाह क्षेत्रमा बुधबार भएको बताएको छ।
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोटमा  दुई जनाको मृत्यु, नौ घाइते

काठमाडाैं, मंसिर २९ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको सेनाले बिहीबार जानकारी दिएको छ।

सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमा उक्त विस्फोट प्रान्तको उत्तरी वजिरिस्तान जिल्लाको मिरान शाह क्षेत्रमा बुधबार भएको बताएको छ।

मृत्यु हुनेमा एक सैनिक र एक सर्वसाधारण रहेका जनाइएको छ। 

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, मंसिर २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्