Kathmandu Press

पुल्चोक क्याम्पसमा ‘सामसङ इनोभेसन क्याम्पस’को उद्घाटन 

पुल्चोक क्याम्पसमा ‘सामसङ इनोभेसन क्याम्पस’को उद्घाटन 

काठमाडौं, मंसिर २९ : स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’को उद्घाटन गरेको छ । यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एन्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरुमा तालिम दिनेछ । तालिमबाट नेपालमा बलियो प्रविधि नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पु¥याउने विश्वास गरिएको छ ।  

उक्त कार्यक्रमलाई शिक्षामन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्ट एशियाअन्तर्गत नेपालका प्रमुख सुङजुन पार्क, राजदूत चोङ सुकले उद्घाटन गरेका हुन्। पुल्चोक क्याम्पसमा आयोजित उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशी, त्रिविका रेक्टर डा. शिवलाल भुसालको उपस्थिति थियो । 

कार्यक्रमले भविष्यको प्राविधिक सीपहरुमा युवाहरुलाई तालिम दिएर नेपालप्रति प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । यस कार्यक्रममार्फत युवाहरुलाई वास्तविक जागिरको लागि सीप र माग अनुसारको प्राविधिक सीप प्रदान गरिने उसले बताएको छ । यसबाट उनीहरुको डिजिटल साक्षरता, सिकाइको क्षमता र रचनात्मकता र रोजगारीमा सुधार गर्ने कम्पनीले जनाएको छ । 

‘सामसङमा, सह–समृद्धि हाम्रो मुख्य मूल्यहरुमध्ये एक हो । हामी सँधै यसको समर्थनमा छौं । ग्लोबल सिएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसमार्फत हामीले नेपालका युवाहरुको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेका छौं । एआइ, आइओटी, बिग डाटा र कोडिङ र प्रोग्रामिङ जस्ता उच्च प्रविधि क्षेत्रहरुमा उनीहरुको सीप वृद्धि गर्ने लक्ष्य राखेका र्छौ,’ सामसङ साउथ एशिया अन्तर्गत नेपालका प्रमुख सुङ्जुङ् पार्कले भने ।  

 सामसङ इनोभेसन क्याम्पस अन्तर्गतका पाठ्यक्रमहरूमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायतमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटको पुल्चोक क्याम्पसमा पढाइनेछ। पाठ्यक्रमहरूका लागि छनोट गर्नुपर्ने पूर्वशर्तहरूमा एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको ज्ञान समावेश छ।

‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङले प्रतिभा, समाज र व्यवसायलाई अगाडि बढाउने प्रयासहरू सामसङ इनोभेसन क्याम्पसको लक्ष्यसँग मिल्दोजुल्दो छ। जसले आगामी पुस्तालाई उनीहरूको क्षमता वृद्धि गर्न र सकारात्मक नेतृत्व बनाउन आवश्यक उपकरणहरू उपलब्ध गराएर सशक्त बनाउने हो। राम्रो संसारको लागि सामाजिक परिवर्तन आवश्यक छ। तसर्थ सामसङ इनोभेसन क्याम्पस एक आदर्श पहल हो जसले हामीलाई शिक्षा र अनुसन्धान मार्फत समाज र व्यक्तिहरूमा प्रभाव पार्ने हाम्रो उद्देश्य हासिल गर्न सक्षम बनाउँछ,’ त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले भने । 

यस कार्यक्रमअन्तर्गत इन्जिनियरिङ् इन्स्टिच्युटमा सामसुङ इनोभेसन क्याम्पस अन्तर्गत प्रस्तावित पाठ्यक्रमहरूको एक भागको रूपमा, विद्यार्थीहरूले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन्। यसमा विद्यार्थीहरूलाई सामाजिक महत्त्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छ।यसैगरी पाठ्यक्रमहरूको अर्को हिस्साको रूपमा युवाहरूलाई सामाजिक महत्त्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा यी प्रविधिहरूले भूमिका खेल्छन्। 

२०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस जुन सामसङको   ‘टूगेदर फर टुमोरो’ को ग्लोबल सीएसआर भिजनको हिस्सा रहेको कम्पनीले बताएको छ। मानिसहरूलाई सक्षम बनाउँदै विद्यार्थी र बेरोजगार युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरूमा अनुभव गर्न तालिम प्रुदान गर्दछ। उनीहरूलाई नेक्स्ट जेनेरेसनको वर्कफोर्सका लागि पालनपोषण गर्ने बताएको छ। 

प्रकाशित मिति: १३:५२ बजे, बिहीबार, मंसिर २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्