Kathmandu Press

दक्षिण सुडानको हिंसामा एक सय छैसट्ठी  मारिए

दक्षिण सुडानमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ। यस क्रममा गत चार महिनामा मात्र यहाँको हिंसामा परेर कम्तीमा पनि एक सय ६६ जनाले ज्यान गुमाएका संयुक्त राष्टसङ्घले जनाएको हो। 
दक्षिण सुडानको हिंसामा एक सय छैसट्ठी  मारिए

जुबा, मंसिर २९ : बितेका चार महिनामा दक्षिण सुडानमा कम्तीमा  एक सय ६६ जनाको ज्यान गएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरुको मृत्यु भएको हो। 

दक्षिण सुडानमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ। यस क्रममा गत चार महिनामा मात्र यहाँको हिंसामा परेर कम्तीमा पनि एक सय ६६ जनाले ज्यान गुमाएका संयुक्त राष्टसङ्घले जनाएको हो। 

संयुक्त राष्टसङ्घीय मानवअधिकारसम्बन्धी उच्च आयोगका प्रमुख भोल्कर टर्कले सो कुराको जानकारी दिएका हुन्। यहाँ पछिल्ला केही महिनायता अपर नाइल राज्यमा यस्तो हिंसा भएको छ। गएको चार महिनामा मारिनेहरुमा पनि अधिकांश यही राज्यका नागरिक रहेको बताइएको छ। 

उच्च आयुक्त टर्कले सो क्षेत्रबाट हजारौं नागरिक विस्थापित पनि भएका छन्। विस्थापित हुनेहरूको अवस्था निकै नै नाजुक रहेको पनि संयुक्त राष्टसङ्घले जनाएको छ। 

सो क्षेत्रमा पछिल्ला केही समययता जातीय एवं लैंगिक प्रकारको हिंसा धेरै हुने गरेको पनि बताइएको छ। यस्तो हिंसामा नागरिकको हत्या, अपहरण, लुटपाट तथा उनीहरुका निजी सम्पत्ति ध्वस्त पार्ने गरिएको बताइएको छ।
 
प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, मंसिर २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्