सुमोले विद्यार्थीलाई ठक्कर दिएपछि विपी राजमार्ग अवरुद्ध
सिन्धुली, फागुन १ : टाटासुमोले दुई विद्यार्थीलाई ठक्कर दिएपछि बिपी राजमार्ग अवरुद्ध गरिएको छ । विद्यार्थीले बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका हुन् ।
सिन्धुली, फागुन १ : टाटासुमोले दुई विद्यार्थीलाई ठक्कर दिएपछि बिपी राजमार्ग अवरुद्ध गरिएको छ । विद्यार्थीले बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका हुन् ।
बुधबार बिहान बिपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा बा ३ च ६७५१ नम्बरको सुमोले ठक्कर दिँदा दुई विद्यार्थी घाइते भएका छन् । सिन्धुली बहुमुखी क्याम्पस अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये रोजिनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने मनिताको सिन्धुली अस्पतालमै उपचार भइरहेको छ ।
चालक र सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिएर हुइकिएको सुमोलाई सिन्धुलीगढी नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुमो चालकलाई कारवाही हुनु पर्ने र घाइते विद्यार्थीको उपचार हुनु पर्ने माग गर्दै विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका हुन् । राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधान र यात्रु बाटोमै रोकिएका छन् ।