आइएसआइएसले लियो काबुल होटलमा भएको घातक हमलाको जिम्मा

काबुल, मंसिर २७ : चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट ९आईएस० ले सोमबार काबुलको एउटा होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ ।
आईएसले विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ कूटनीतिज्ञहरू र व्यापारीहरूले बारम्बार भ्रमण गर्ने होटेलमा आक्रमण गरेको बताएको छ।
घाइतेहरूको आकस्मिक उपचार गरिरहेको अस्पतालले आक्रमणपछि १८ जना घाइते भएको र तीन जनाको मृत्यु भएको जनाएको छ ।
अफगानिस्तानको राजधानीका अधिकारीहरूले उक्त हमला दिउँसो २(३० बजे भएको बताएका छन् ।
प्रकाशित मिति: १८:२० बजे, मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












