भारतका सडक तताइरहेको गजल ‘किसी के बाप का...’
काठमाडौं, पुस ९ : भारतीय कवि राहत इन्दोरीले तीन दशक अघि एउटा गजल लेखेका थिए, जसको अन्तिम पंक्ती थियो, ‘किसी के बाप का हिन्दुस्तान थोडी है!&rsquo....

काठमाडौं, पुस ९ : भारतीय कवि राहत इन्दोरीले तीन दशक अघि एउटा गजल लेखेका थिए, जसको अन्तिम पंक्ती थियो, ‘किसी के बाप का हिन्दुस्तान थोडी है!’
यतिवेला भने त्यही पंक्तिबाट भारतका सडकमा प्रदर्शन सुरू गर्न थालिएको छ। नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारले नागरिकता संशोधन कानुन (सीएए) र नेसनल सिटिजन अफ रेसिस्टर (एनआरसी) आन्दोलन चर्किएरहेको छ। यो आन्दोलनमा उर्जा थप्ने माध्यम बनेको छ, कवि इन्दोरीको त्यहि गजल ‘किसी के बाप का हिन्दुस्तान थोडी है!
तीन दशकपछि यसलाई सडकमा ल्याउन त्रिमूल कंग्रेस नेत्री महुना मोइत्राले भूमिका खेलिन्। उनले भारतको संसदमा बोल्ने क्रममा यसलाई उद्धृत गरेको द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ। इन्डियन एक्सप्रेसमा यसैसम्बन्धी देवयानी अनियलले रिपोर्टनै तयार गरेकी छन्।
त्यसपछि अभिनेता अमला पउल र फिल्म निर्माता आशीक अबुले मलायलम भाषामा उल्था गरेर पोस्टर बनाए। जुन इन्स्टाग्राममा राखेसँगै हल्लखल्ली मच्चिन थाल्यो।
त्यसलाई शिव सेना नेता संजय राउतले ट्वीट गरेर बल दिए। जुन अहिले भने सडकसडक गुञ्जिन थालेको छ। आन्दोलनकारी मोदीलाई हाँक दिँदै भन्न थालेका छन्, ‘किसी के बाप का हिन्दुस्तान थोडी है!
कवि इन्दोरी भने यति वेला मध्यप्रदेशमा छन्। जहाँ उनको स्थायी बसोबास छ। उनलाई पनि ‘अगर खिलाफ हैं होने दो’ शीर्षकको यो गजल कहिले लेखेका थिए, बिर्सिसकेका छन्। उनले द इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘मैले यो गजल ३०–३५ वर्ष अघि लेखेको हुँ, तर यसको कुन वर्ष र कुन सन्दर्भमा लेखेको थिए भन्ने याद छैन। यसलाई मैले थुप्रै कार्यक्रममा सुनाएको छु।’
केही वर्षयता भने यो फेरि चर्चामा आएको उनको भनाइ छ। ‘मलाई थाहा छैन, तीन–चार वर्ष यता के भएको छ। यो फेरि सान्दर्भिक भएको छ। जहाँ जान्छु, यसैलाई सुनाउन आग्रह गर्न थालिएको छ,’ उनले भने।
यो गजल कुनै जाति, धर्म, क्षेत्रका लागि नलेखेको उनको भनाइ छ। उनी भन्छन्, ‘मैले यो एक भारतीय नागरिकमा रुपमा उर्दुमा लेखेको हुँ। जस्तो कि यसमा भनेको पनि छु, सभी का खून है शामिल यहाँ की मिटटी में, किसी के बाप का हिंदुस्तान थोड़ी है!’
कवि इन्दोरी यसको प्रयोग फेरि भएकोमा भने खुशी छन्। देवी अहिल्या विश्वविद्यालयमा प्राध्यापनरत इन्दोरी भन्छन, ‘नागरिकले यसलाई माग पूरा गर्ने प्रयोग गरिरहेका छन्, आफ्नो आवाज बुलन्द बनाउन सहरा लिइरहेका छन्। देशमा शान्ति स्थापनाका लागि प्रयोग गरिरहेका छन्, यसमा मलाई खुशी लागेको छ।’
६९ वर्षीय यी कवि नागरिकलाई आशा जगाउने कविता, गजल लेख्दै आएका छन्। उनलाई पनि लाग्छ, यहि आशा जगाउन लेख्नलाई बाँचेको छु। उनले फेरि आफ्नो गजलका पंक्ति सुनाए, ‘ना हिन्दू कहिंके हें, ना मुस्लिम कहिं के हैं। दोनुँ यहिँ रहेन्गे, दोनुँ यहिँ के हैं।’
कवि इन्दोरी गीत पनि लेख्छन्। उनले ४० फिल्मका लागि गीत लेखेका छन्। उनी एक–दुई पंक्तिमै नागरिकको मनको कुरा भन्ने गर्छन्। जस्तो उनले लेखेका छन्, ‘सरहदोँ पर तनाव हैं क्या, जरा पता तोह करो चुनाव हैं क्या।’
उनी पनि सीएए र आरएनसीको विरोधमा छन्। यसले देशका नागरिकलाई विभाजित गरेको उनको ठम्याइ छ। ‘आज एनआरसीले मुस्लिमलाई मात्रै असर पर्छ भन्ने ठानिएको छ, यसले भोलि अरुलाई पनि असर पर्छ। यो कहिले सकिने छैन,’ कवि इन्दोरी भन्छन, ‘नफ्रत कि बुनियाद अग एक बार पड जाती है, तो आप काटे जायेये, उसकी फसल उग्ति जाती है।’
उनी यो गजलले नागरिकलाई उर्जा दिएकोमा खुशी छन्। उनी अझै नागरिकका पक्षमा लेख्दै जाने बताउँछन्। ‘यदि मेरो वरिपरि भइरहेका घटनाक्रमबारे मैले लेखेन भने म र निरो (रोमन सम्राट)मा के फरक छ?, कवि इन्दोरी भन्छन, ‘अहिले मेरो शहर, देशमा आगाे दन्किरहेकाे छ। यति बेला मैले मेरी प्रियसीको कपालबारे लेख्छु भने सोच्नुस्, या त म आँखा देख्दिनँ, या कान सुन्दिनँ।’
राहत इन्दाेरीकाे गजल











