Kathmandu Press

कागेश्वरी मनोहरा अब बन्नेछ खेलकुद नगरी 

मेयर उपेन्द्र कार्कीको संयोजकत्वमा गठिन समितिले चाँडै नै विस्तृत योजना सहितको एउटा ठुलो खेलकुद सम्मेलन गर्ने र आवश्यक पूर्वाधार निर्माणका लागी जमिनको पहिचान गर्ने काम समेत शुरु गरिसकेको छ । 
कागेश्वरी मनोहरा अब बन्नेछ खेलकुद नगरी 

काठमाडौं, मंसिर २७ : कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी (खेलकुद नगरी) बनाउने उदेश्यका साथ गठन भएको खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिको पहिलो बैठकले प्रचुर संभावना भएकाले विशिष्ट योजना र तयारीका साथ अगाडी बढ्ने निर्णय गर्‍यो ।

मेयर उपेन्द्र कार्कीको संयोजकत्वमा गठिन समितिले चाँडै नै विस्तृत योजना सहितको एउटा ठुलो खेलकुद सम्मेलन गर्ने र आवश्यक पूर्वाधार निर्माणका लागी जमिनको पहिचान गर्ने काम समेत शुरु गरिसकेको छ । 

Hardik ivf

समाज रुपान्तरण गर्ने र नगरपालिकालाई आर्थिक रुपमा समेत बलियो बनाउन यो महत्वाकांक्षी योजना कोशेढुङगा सावित हुने विश्वास गरिएको छ ।

खेलकुदका पूर्वाधार निर्माणका लागी निजि क्षेत्रलाई आकर्षित गर्न विशेष कार्यक्रम ल्याउने पनि सोच समितिले बनाएको छ । 

खेलकुद माध्यमबाट नगर चिनाउने महान अभियानमा नगरवासी सवैको सहभागिताको लागी समेत आब्हान गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, मंसिर २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्