Kathmandu Press

काबुलस्थित चिनियाँ होटलमा आक्रमण

काबुलस्थित चिनियाँ होटलमा आक्रमण

काबुल, मंसिर २६ : अफगानिस्तानको राजधानी काबुलमा सोमबार अज्ञात बन्दुकधारीले चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गरेका छन् ।

काबुलको लोङ्गान होटेलबाट धुवाँको मुस्लो निस्किेको घटनास्थलबाट बाहिरिएको तस्बीरमा देखिएको छ । घटनापछि तालिवान सुरक्षा बल घटनास्थलमा पुगेको होटललाई छिमेकसँग सिल गरेको छ ।

गत वर्षको अगष्टमा सत्तामा आएयता तालिवानले सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ थुप्रै बम विष्फोट र आक्रमण भएको इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरले दाबी गरेको छ ।

Hardik ivf

काबुल प्रहरीका एक प्रवक्ताले पत्रकारहरूसँग कुरा गर्दै उक्त आक्रमण ‘शरारती तत्वहरू’ले गरेको बताएका छन् ।

ह्वाट्सएप सामाजिक सञ्जाल समूहसँग कुरा गर्दै उनले भने, 'सुरक्षा बल त्यस क्षेत्रमा पुगिसकेको छ र आक्रमणकारीलाई हटाउने काम भइरहेको छ।'

एएफपीका संवाददाताहरूले शहर–ए–नाउको एक व्यापारिक र आवासीय इलाकाको घटनास्थल नजिकै धेरै विस्फोट र गोलीबारीको आवाज सुनेका बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले पनि यसको पुष्टि गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् बाहिरिएको र सबैतिर फैलिएको एक भिडियोमा मानिसहरु भवनको तल्लो तलामा रहेको झ्यालबाट बाहिर निस्किरहेको देखिन्छ, जसमा होटलको साइन बोर्ड अङ्ग्रेजी र चाइनिज भाषामा स्पष्ट देखिन्छ । त्यसैगरी अर्को एक भिडिओमा धुवाँको बाक्लो मुस्लोसहित अर्को भागबाट ठूलो आगोको ज्वाला निस्केको देखिन्छ ।

घटनापछि एउटा हेलिकाेप्टरले त्यस क्षेत्रको धेरै निकासहरूमा अनुगमन गरिरहेको देखिएको थियो ।

यो होटल उच्च जोखिम तर सम्भावित आकर्षक व्यापारिक सम्झौताहरूको खोजीमा तालिबानको फिर्तीपछि अफगानिस्तानमा आएका चिनियाँ व्यापारिक आगन्तुकहरूको लागि लोकप्रिय आश्रयस्थल मानिन्छ ।

अफगानिस्तानसँग ७६ किलोमिटर (४७ माइल) लामो सीमा जोडिएको चीनले आधिकारिक रूपमा तालिबान सरकारलाई मान्यता दिएको छैन तर विश्वको दोस्रो शक्तिशाली अर्थतन्त्र मानिने चीन त्यहाँ पूर्ण कूटनीतिक उपस्थिति कायम गर्ने थोरै देशमध्ये एक हो ।

प्रकाशित मिति: १९:१५ बजे, सोमबार, मंसिर २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्