Kathmandu Press

बर्दघाटमा औद्योगिक व्यापार मेला हुने

बर्दघाटमा औद्योगिक व्यापार मेला हुने

नवलपरासी, मंसिर २६ : नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाटमा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । यही पुस १ देखि ११ सम्म बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको छैटौँ संस्करण आयोजना हुन लागेको हो ।

मेलामा दुई सय कक्ष रहने र रु तीन करोड बराबरको कारोबार हुने अनुमान गरिएको बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले बताए। करिब डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको मेलाको आवश्यक तयारी तीव्ररुपमा भइरहेको उनको भनाइ छ । 

‘यसवर्ष मेलामा विशेष आकर्षणका रुपमा भलिबल प्रतियोगिता, जातजातिबीचको भेषभूषामा नेतृत्व प्रतियोगिता र भजनकीर्तन प्रतियोगिता रहनेछन्,’ उनले भने। 

मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुराँ, बालउद्यानलगायतका कक्ष रहने उनले जानकारी दिए । मेलामा कृषि, हस्तकला, घरेलु उत्पादन तथा महिला उद्यमीका कक्ष निःशुल्क रहने छन्। 

सङ्घका महासचिव दिनेश न्यौपानेले नवलपरासी जिल्लालाई कृषि, पर्यटन एवं औद्योगिक जिल्लाका रुपमा परिचित गराउन मेला आयोजना गर्न लागिएको बताए। 

स्थानीय उत्पादनको बजार विस्तार र स्वदेशी उत्पादनको प्रवर्द्धनमा मेलाले महत्वपूर्ण टेवा पु¥याउने आयोजकको भनाइ छ । मेलामा ७० वर्षमाथिका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। 

प्रकाशित मिति: १७:३० बजे, सोमबार, मंसिर २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्