Kathmandu Press

तीन सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार सात सय छ।
तीन सयले घट्यो सुनको मूल्य

काठमाडाैं, मंसिर २६ :  नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ। अघिल्लो दिन प्रतितोला रु. एक लाख पाँच सयमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार सात सय छ।

यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० मा आएको महासङ्घले जनाएको छ। 

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १३:४६ बजे, सोमबार, मंसिर २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्