Kathmandu Press

फ्लुबाट अमेरिकामा  ७ हजार ३ सयको मृत्यु

मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ।
फ्लुबाट अमेरिकामा  ७ हजार ३ सयको मृत्यु

काठमाडाैं, मंसिर २४ : संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा २५ हजारभन्दा बढी मानिसहरू फ्लुका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्यांकले देखाएको छ।

मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ।

यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तीमा १ करोड ३० लाख बिरामी भएको र एक लाख २० हजार अस्पताल भर्ना भएका छन् भने सात हजार ३०० जनाको मृत्यु भएको  केन्द्रले जनाएको छ।

प्रकाशित मिति: १६:३३ बजे, शनिबार, मंसिर २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्