Kathmandu Press

अनुदानमा उन्नत जातको गाई वितरण

गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब रु आठ लाखमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले बताए।
अनुदानमा उन्नत जातको गाई वितरण

ताप्लेजुङ, मंसिर २४ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अग्र्यानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण गरेको छ । किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको हो।

गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब रु आठ लाखमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले बताए।

Hardik ivf

वनेमका अनुसार होलस्टेन र जर्सी जातका गाई चितवन जिल्लाबाट खरिद गरी गाउँपालिकाको वडा नम्बर १ ढुङ्गेसाँघुका किसानलाई वितरण गरिएको छ । किसानलाई आम्दानीको स्रोत बढाउन र दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई वितरण गरिएको पशु शाखाले जनाएको छ ।

गाई वितरण गरिएसँगै कम्पोष्ट मल उत्पादन हुने गरेर किसानले खेतीपाती उत्पादन वृद्धि तथा अग्र्यानिक सागसब्जी उत्पादन गर्ने गाउँपालिकाले अपेक्षा गरेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले बताए।

गाउँपालिकाले अगाडिनै अग्र्यानिक गाउँपालिका बनाउने घोषणा गरिसकेको छ । अभियानका लागि उन्नत जातका गाई, बाख्रासमेत खरिद गर्ने तयारी भइरहेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जनाए।

प्रकाशित मिति: ११:१५ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्