दुम्कीबासमा साथीमार्टको आउटलेट
विदेशबाट फर्किएका दम्पती सुनिता गहतराज विश्वकर्मा र शम्भु विश्वकर्माले रिटेल व्यवसायमा इच्छा भएर आउटलेट सञ्चालनमा ल्याएका हुन् । आउटलेट दुम्किबासको वडा नम्बर १ हस्पिटल लाइनमा खुलेको हो ।
काठमाडौं, मंसिर २३ : नेपालकै ठूलो रिटेल चेन साथीमार्टको आउटलेट नवलपरासीको दुम्किबासमा सञ्चालनमा आएको छ ।
विदेशबाट फर्किएका दम्पती सुनिता गहतराज विश्वकर्मा र शम्भु विश्वकर्माले रिटेल व्यवसायमा इच्छा भएर आउटलेट सञ्चालनमा ल्याएका हुन् । आउटलेट दुम्किबासको वडा नम्बर १ हस्पिटल लाइनमा खुलेको हो ।
नवलपरासीमा स्मार्ट शपिङको अनुभव दिने उद्देश्यले साथीमार्टसँग जोडिएको विश्वकर्मा दम्पतीले बताएका छन् । स्थानीय तहमा एउटा नाम चलेको ब्रान्डसँग जोडिँदा व्यवसाय राम्रोसँग सञ्चालन गर्न सकिने विश्वास रहेको उनीहरुले बताएका छन् ।
साथीमार्टले नेशनल लेभलमा गरिरहेको आक्रमक पहलबाट प्रभावित भई यसैसँग हातेमालो गरी अगाडि बढ्न चाहेको सुनिता र शम्भुले जानकारी दिएका छन् ।
यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।
साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।
टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।











