Kathmandu Press

तुलसालय आश्रमलाई सानीमा लाइफकाे सहयोग

सानीमा लाइफ इन्सोरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तुलसालय आश्रममा दाल, चामल, तेललगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको कम्पनीका क्षेत्रीय प्रमुख नरेशकुमार थापाले जानकारी दिए।
तुलसालय आश्रमलाई सानीमा लाइफकाे सहयोग

काठमाडौं, मंसिर २२ : सानीमा लाइफ इन्सोरेन्स कम्पनीले आफनो पाँचौं वार्षिकोत्सवका अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित ‘तुलसालय आश्रम’लाई खाद्यान्न सहयोग गरेको छ। 

सानीमा लाइफ इन्सोरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तुलसालय आश्रममा दाल, चामल, तेललगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको कम्पनीका क्षेत्रीय प्रमुख नरेशकुमार थापाले जानकारी दिए।

उनले आफनो कम्पनीको स्थापना दिवसको अवसरमा उपत्यकामा मात्र नभइ सातै प्रदेशमा यस किसिमको सहयोग गरिएको बताए। आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिइने प्रमुख थापाले उल्लेख गरे। 

तुलसालय आश्रमका सञ्चालक बिमल काफलेले सानीमा लाइफ इन्सोरेन्सको सहयोगले आफनो संस्थालाई थप ऊर्जा मिलेको बताए। कार्यक्रममा सानीमा लाइफ इन्सोरेन्स नयाँ बानेश्वर शाखाका प्रमुख मनोजकुमार शाह, एमडिआरटी च्याङ्बारानी तामाङ, एजेन्सी म्यानेजर कौशल कुश्वाहालगायतको सहभागिता थियो।

तुलसालय आश्रमले विभिन्न क्षेत्रका अनाथ बालबालिकाको हेरचाह गर्दै आएको छ। 

प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्