Kathmandu Press

राष्ट्रपति सी साउदी अरबको राजकीय भ्रमणमा

राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उनको न्यानो स्वागत गरेको थियो।
राष्ट्रपति सी साउदी अरबको राजकीय भ्रमणमा

काठमाडाैं, मंसिर २२ : साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन-अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन-खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिन साउदी अरबको राजकीय भ्रमणमा बुधबार अपराह्न रियाद आइपुग्नुभएको छ । 

राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उनको न्यानो स्वागत गरेको थियो।

त्यसअघि साउदी अरबको आकाशमा चिनियाँ राष्ट्रपति सवार विमान याका राजा सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा प्रवेश गरेपछि शाही साउदी वायुसेनाका चारवटा लडाकु विमानले सुरक्षा प्रदान गरेका थिए। 

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, मंसिर २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्