Kathmandu Press

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

कीभ, मंसिर २० : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन्  बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा उनको भ्रमण भएको हो।  

सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीतकालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको सम्झनामा एक क्षण मौनधारणा गरेका थिए।

जेलेन्स्कीले भिडियोमा भनेका छन्, 'मेरो हृदयदेखि नै म तपाईंलाई यो महान छुट्टी, सशस्त्र सेना दिवसको अवसरमा बधाइ दिन्छु।'

युक्रेनका नेताले नौ महिनाभन्दा बढी  लामो लडाई पछि  थुप्रै फ्रन्टलाइन क्षेत्रहरूको भ्रमण गरेका छन् जसमा हालै युक्रेनी सेनाले कब्जा गरेको दक्षिणमा खेरसन पनि समावेश छ।

सन् २०१४ मा रूसी समर्थित पृथकतावादीहरूले आंशिकरूपमा कब्जा गरेको स्लोभियान्स्क, बाख्मुटको लगभग ४५ किलोमिटर ( २८ माइल) उत्तरमा अवस्थित छ । सो क्षेत्र खेरसनको पतनपछि युद्धको केन्द्र बनेको छ।

प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, मंसिर २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्